सामाजिक असुरक्षाका कारण आत्महत्याको प्रयास गरेकी बुद्धमायाको ग्रीन सिटीद्वारा निःशुल्क उपचार

Buddhamaya bk green city

काठमाडौँ । विष सेवन गरी आत्महत्याको प्रयास गरेकी बुद्धमाया विश्वकर्माको निःशुल्क उपचार भएको छ ।

बसुन्धरास्थित ग्रिन सिटी अस्पतालले उनको निःशुल्क उपचार गरेको हो । महोत्तरी बर्दिवास–४ भब्सीटोल निवासी ४८ वर्षीया विश्वकर्माले गत असार २७ गते विष सेवन गरेकी थिइन् ।

उनले मानसिक सन्तुलन गुमाउन थालेपछि ३ दिन जिल्लामा उपचार गरेर थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो । त्यसपछि ग्रीन सिटीले उनको निःशुल्क उपचार गरेको हो ।

ग्रीन सिटीले करीब २ लाख बराबरको सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको जनाएको छ ।

‘जिल्लामा तीन दिनसम्मको उपचारमा केही सुधार नआएपछि आर्थिक अभावकै कारणले अन्य अस्पतालमा उपचारमा हुन नसकेको समाचार दलित अनलाइनबाट जानकारी पाएपछि ग्रिन सिटीले निःशुल्क उपचार गर्ने घोषणा गरेको हो’ – ग्रीनसिटीका अध्यक्ष लोकबहादुर टण्डनले बताए ।

जिल्ला अदालत महोत्तरीले असार २४ गते आफूलाई जातीय भेदभाव गर्नेविरुद्ध ६ महिना कैद फैसला सुनाएपछि डर, त्रास धम्कीका कारण विश्वकर्मा आफैँले विष सेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन् ।

अहिले विश्वकर्माको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । सामाजिक असुरक्षाका कारण आफूले विष सेवन गरेको विश्वकर्माले बएकी छिन् ।

पछिल्लो पटक आर्थिक अवस्था कमजोर भएका १६ जना मुटुका बिरामीको निःशुल्क उपचार गरेको अध्यक्ष लोकबहादुर टण्डनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस