जडिबुटी प्रशोधन उद्योग बन्द, बजार विस्तार नहुँदा करोडौंको लगानी डुब्यो

Jadibuti

पाल्पा । पाल्पा जिल्लालाई जडिबुटीको क्षेत्रमा नमूना जिल्ला बनाउने उद्देश्यका साथ खोलिएको जडिबुटी प्रशोधन उद्योग बन्द भएको छ ।

उद्योग बन्द हुँदा एकातिर प्रशोधन यन्त्र र सरसामान कामविहीन बनेका छ भने अर्कोेतिर कच्चा पदार्थको उपयोग हुन सकेको छैन ।

वनजंगल र ढिक कान्लामा पाइने जटिबुटी प्रशोधन गरी औषधि बनाउने उद्देश्यले तिनाउ गाउँपालिकाको झुम्सामा २०५७ सालमा उद्योग संचालन गरिएको थियो । सहकारीमार्फत् संचालित उद्योग राम्रोसँग चलेकै थियो तर अहिले भने बन्द अवस्थामा रहेको छ ।

उद्योगबाट तितेपाती, काउलो, हर्राेबर्राे, तेजपात, दालचिनी, अमला, पाखनवेद, कुरिलोको बोक्रा, चुत्रोको बोक्रालगायतका जडिबुटि प्रशोधन गरी विक्री हुँदै आएको थियो । उद्योगबाट उत्पादित सामाग्रीबारे ज्ञान नहुनु र बजार नपाउँदा बन्द गर्नुपरेको उद्योग संचालक झपेन्द्र बहादुर जिसी बताउँछन् ।

उद्योग संचालनको लागि सहकारीमा आवद्ध ९० जनाले १ करोड भन्दा बढी लगानी गरेका छन् ।

उद्योगबाट केहीलाई रोजगारी मिलेको थियो भने गाउँघरमै औषधि उत्पादन हुँदा स्थानीय उत्पादनको सदुपयोग भएको थियो ।

५ नम्वर प्रदेश सरकारले चासो दिई बैज्ञानिक परिक्षण तथा उपयोगिता बारे जनचेतना जगाउने काममा सहयोग गरेमा उद्योग पुन संचालन गर्न सकिने संचालक जिसीले बताए ।

करोडौँ लगानीमा संचालित उद्योग सफलतापूर्वक संचालन भएको थियो तर बन्द हुँदा लगानीकर्ता निराश भएका छन् ।

स्थानीय जडिबुटीलाई प्रयोग गरी औषधि उत्पादन गर्ने उद्योगलाई पुनःसंचालनका लागि सबैले पहलकदमी लिनुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस