डा. केसीले स्वास्थ्यजाँच गर्न मानेनन्, स्वास्थ्य अवस्था अज्ञात

D. kc

काठमाडौं । बिहीबार जुम्लास्थित कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा प्रहरीले गरेको दमनका विरुद्ध वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गर्न अस्विकार गरेका छन् । स्वास्थ्य जाँच गर्न नदिएका केसीको बिहीबारपछिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सकिएको छैन ।

त्रिवि शिक्षण अस्पतालमा रहेका डा. केसीले बिहीबार जुम्लामा सरकारले अस्पतालभित्रै गरेको दमनको विरोधमा आफ्नो स्वास्थ्य जाँच गर्न नदिएका उनका सहयोगीले बताएका छन्। केसीले ब्लड प्रेसर नाप्न, मुटुको चाल नाप्नसमेत दिएका छैनन्। उनले आफ्नो रगत जाँचको लागि नमुना झिक्न पनि दिएनन् ।

बिहीबार केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै प्रवेश गरी विद्यार्थी र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थियो। सरकारी पक्षले अस्पतालबाट बल प्रयोग गरी उनलाई बाहिर निकालेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...