प्रदेश र स्थानीय तहलाई बजेट अभाव हुन दिन्नौंः अर्थमन्त्री खतिवडा

Arthamantri

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय र प्रदेश सरकारलाई बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयका पत्रकार सम्मेलन गरी उनले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर सरकार अघि बढ्ने प्रतिवद्धता जनाए ।

अर्थमन्त्री खतिवडाले वित्तिय हस्तान्तरणको माध्यमबाट स्थानीय र प्रदेश सरकारलाई आवश्यक बजेटको व्यवस्था गर्दै आइएको पनि स्पष्ट पारे । उनले स्थानीय तहमा करको दायरा भने तत्काल बढाउन सकिने अवस्था नरहेको पनि स्मरण गराए। कानुन संशोधनको माध्यामबाट पनि स्थानीय र प्रदेश सरकारको स्रोतमा हुने अभावलाई न्यूनिकरण गर्दै लैजाने अर्थमन्त्री खतिवडाको भनाई छ ।

सरकार बनेयता करिब ५० अर्ब रुपैया बैदेशिक सहायता भित्रिएको उनले जानकारी दिए । सरकार गठन भएको चार महिनायता करिव ५० अरव बैदेशिक सहायता लिइएको हो । अर्थमन्त्री खतिवडाले आगामी वर्षमा त्यसलाई बढाउँदै लैजाने नीति लिइएको पनि स्पष्ट पारे। उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको लगानीलाई पनि सरकारले जोड दिएको दाबी गरे ।

अर्थमन्त्री खतिवडाले वैदेशिक ऋण तथा सहायतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले वैदेशिक सहायताको सदुपयोग गरेर अघि बढने सरकारको नीति रहेको पनि उल्लेख गरे ।

अर्थमन्त्री खतिवडाले लगानीका लागि मुलुकमा उपयुक्त वातावरण बनाउने काम सरकारले गरेको दावी पनि गरे । अर्थमन्त्री खतिवडाले सरकारले भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउन मातहतका निकायलाई कडा निर्देशन पनि दिए ।

प्रतिकृया दिनुहोस