विद्युत् नहर बगाएपछि लघु जलविद्युत् बन्द

Hydro

जाजरकोट । रुकुम पश्चिमकोे चौरजहारी नगरपालिका–७ मा रहेको लाबुर खोला लघु जलविद्युत् आयोजना बन्द भएको छ ।

अविरल वर्षासँगै आएको बाढीले विद्युत् नहर बगाएपछि विद्युत् उत्पादन सेवा अनिश्चित समयका लागि बन्द भएको हो ।

८० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको उक्त हाइड्रोपावरबाट उत्पादन भएको विद्युत् करीब १ हजार २ सय घरधुरीले प्रयोग गर्दै आइरहेका थिए । विद्युत् आपूर्ति सेवा बन्द भएसँगै वडा नं७ को नार्जी, खत्रीगाउँ, कुमाइगाउँ, काप्रा, वडा नं८ को सोतिखोला, बसिगाउँ, सोती गेष्मा र वडा नं९ को कोटगाउँ र गुर्तालगाउँका उपभोक्ता विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

आर्थिक अभावले खहरे खोलाले बगाएको विद्युत् कुलो पुनःनिर्माण गर्न नसकिएको समितिका अध्यक्ष एवं वडा नं७ का अध्यक्ष इन्द्रलाल शर्माले बताए ।

 

प्रतिकृया दिनुहोस