सट्टेबाजी गरेर सांढे दुई करोड ठगी गर्ने नागराज जेल चलान

Thamal agrawal

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने नथमल अग्रवाल भनिने नागराजलाई जेल चलान भएका छन् । महानगरीय अपराध महाशाखाले सट्टेवाजीका नाममा झण्डै साँढे दुई करोड रुपैयाँ ठगी गर्ने नागराजलाई आज जेल चलान गरेको हो ।

महाशाखाको टोलीले नागराजले रु दुई करोड ४० लाख ठगी गरेको भन्ने पीडितको निवेदनका आधारमा असार ९ गते पक्राउ गरेको थियो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले ठगी मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पूर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...