काठमाडौं ल्याइएका डा. केसी शिक्षण अस्पताल भर्ना

D kc

काठमाडौं । जुम्लाबाट जर्वस्ती काठमाडौं ल्याइएका बरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । केसीलाई सरकारले काठमाडौं ल्याउन बल प्रयोग गरेपछि आज दिनभर जुम्ला तनावग्र्रस्त बनेको थियो।

केसी समर्थक चिकित्सक, विद्यार्थी र स्थानीयले उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाहिर निकाल्न अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। २० दिनदेखि जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि सरकारले विरोधका वावजुद उनलाई काठमाडौं ल्याएको सरकार क्षिको भनाइ छ।

डा.केसीलाई भेट्न नायिका मनिषा कोइराला शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी थिइन्।
प्रहरीले जवर्जस्ती गर्न थालेपछि आफु जुम्लामा बसिरहे अझै तनाव हुनेछ भन्दै डा. केसी काठमाडौं आउन राजी भएका थिए। उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।

डा. केसीको समर्थनमा आज पनि राजधानी लगायत देशका विभिन्न ठाउँमा चिकित्सक तथा सर्वसाधारणले प्रदर्शन जारी राखे। डा। केसीको जीवनरक्षा र माथेमा कार्यदलको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक आउनुपर्ने माग गर्दै चिकित्सकहरुले आज देशभरका सरकारी अस्पतालमा हड्ताल गरेका छन्।

डा. केसीका माग पुरा नभए देशैभर आकष्मिक बाहेकका सेवा अनिश्चितकालिन बन्द गर्न बाध्य हुने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ।बिहीबार चिकित्सकहरुको हड्तालका कारण देशभरका सरकारी अस्पतालहरु ठप्प भएपछि बिरामीहरु समस्यामा परेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...