डा. केसीको पक्षमा काठमाडौंमा प्रर्दशन, अनिश्चितकालिन हड्ताल गर्ने डाक्टरहरुको चेतावनी

Kc ko jiban raxyako lagi hadtal

काठमाडौं । वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंमा बृहत प्रर्दशन गरिएको छ । कांग्रेस निकट चिकित्सकहरुको आह्वानमा आयोजना गरिएको प्रर्दशनमा वरिष्ठ चिकित्सक केसीको माग तत्काल सम्बोधन गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएका थिए ।

वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै बिहीबार दिउँसो काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको विरोध प्रर्दशन गरिएको हो । विरोध प्रर्दशनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले केसीको माग तत्काल सम्बोधन नगरे देशभरका अस्पतालको सबै सेवा अनिश्चितकालसम्मका लागि बन्द गर्न बाध्य हुने चेतावनी दिए।

उनले जनताको सेवा गर्ने जनादेशसहित आएको सरकार तानाशाही बन्दै गएको भन्दै आक्रोश पनि व्यक्त गरे ।संघका पूर्व अध्यक्ष केदारनरसिंह केसीले गोविन्द केसीको माग सम्बोधन गराउन सरकारलाई दवाव दिन सबैलाई आह्वान गरे । उनले सरकारले केसीको जीवन रक्षाका लागि पहल नगरेर ठूलो अपराध गरेको आरोप लगाउँदै आक्रोश पनि व्यक्त गरे ।

नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न दवाव दिँदै बिहिबारबाट देशभरका सबै अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गराएको छ। अध्यक्ष श्रेष्ठले तत्काल केसीको माग सम्बोधन नगराए अस्पतालका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने चेतावनी पनि दिए ।

प्रतिकृया दिनुहोस