तप्प आँसु चुहाउँदै केसीले भने, ‘म काठमाडौं जान्छु’

Kc

काठमाडौं । २० दिनदेखि जुम्लामा अनसन बसेका डा. गोविन्द केसी अन्नतः काठमाडौं आएका छन् ।

सरकारले वार्ता समिति बनाएर वार्ता गरिरहे पनि कुनै निकास नस्किदा उनले काठमाडौं आउन इन्कार गर्दै आएका केसीको समर्थनमा जुम्लामा प्रदर्शन भइरहेको थियो ।

बिहीबार स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका थिए । डा. केसीलाई नेपाली सेनाको भगवती दल गणमा पुर्याइएको थियो । केसीलाई नेपाली सेनाको हेलिकप्टरमा राखी काठमाडौं ल्याइएको हो ।

अस्पतालमा भएको झडपबाट डा. केसी निकै दुखी भएका थिए । उनले काठमाडौं आउनुअघि रुँदै भने, ‘म काठमाडौं जान्छु ।’ केसीले यति भनेर बाहिरिँदा स्थानीय निक्कै भावुक बनेका थिए ।

प्रतिकृया दिनुहोस