सरकारले भेट्यो राजश्व लक्ष्य, रोक्न सकेन खर्चको बेथिति

Minitry of photo

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७४।७५ को राजश्व संकलन लक्ष्य पुरा गरेको छ । तर गत वर्षरुमा जस्तै आर्थिक वर्षको अन्तमा अन्धाधुन्ध खर्च गर्ने प्रवृतिलाई भने सरकारले रोक्न सकेन ।गत आर्थिक वर्षको अन्तिम दिन असा ३२ गते १७ अर्ब ५ करोड ५२ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेपछि सरकारले तोकिएको राजस्व संकलन लक्ष्य पुरा भएको हो ।

गत आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख ७० हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो। आर्थिक वर्षको अन्तिम दिन दिनसम्म ७ खर्ब ३१ अर्ब ३७ करोड ३१ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

लक्ष्य अनुसारको राजस्व संकलन पुरा गर्नको लागि जेठ १५ देखि बढाइएको भन्सार महशुल र अन्तशुल्कले समेत योगदान दिएको देखिएको हो ।

राजस्व संकलन गर्ने लक्ष्यमा सफल भएपनि अर्थमन्त्री खतिवडा आर्थिक वर्षको अन्त्यमा चेक काट्ने विकास निर्माणका काम अन्तिम समयमा हुने प्रवृतिलाई भने रोक्न सकेनन्। अन्तिम समयमा सडक निर्माणका कामहरु अत्याधिक भएको यो वर्ष पनि देखियो ।

सरकारले गत आर्थिक वर्षमा १२ खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो । जसमा चालुतर्फ ८ खर्ब, पुँजीगत तर्फ ३ खर्ब ३५ अर्ब तथा वित्तीय व्यवस्था तर्फ १ खर्ब ४१ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य थियो ।

सरकारी खर्चको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत आर्थिक वर्षमा सरकारले १० खर्ब ७३ अर्ब रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्षको अन्तिम दिनमात्र १४ अर्ब ६५ करोड रुपैयाँको चेक काटिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...