ढुकुटी रित्याउँदै सकियो असारे विकास : आर्थिक वर्षको अन्तिम दिन ३३ अर्ब भुक्तानी

Samsad money

काठमाडौ‌ । सरकारी कार्यालयहरुले आर्थिक वर्षको अन्तिम दिन राष्ट्रको ढुकुटी रित्याउने गरी खर्च गरेका छन् ।

वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गरेर विनियोजित बजेट रित्याउने सरकारी कार्यालयहरुको पुरानो शैलीले यस वर्ष पनि निरन्तरता पाएको छ ।

चालु आर्थिक वर्षको अन्तिम दिन ३१ असारमा मात्र देशभरका सरकारी कार्यालयले ३३ अर्ब रुपैयाँभन्दा वढी खर्च गरेका छन् ।

यसमध्ये पुँजिगत खर्च २७ अर्ब ६२ करोड र चालु खर्च ५ अर्ब ८३ करोड रुपैयाँ हो । एकैदिन यति ठूलो रकम खर्च भएको मुलुककै इतिहासमा पहिलो हो ।

वर्षको अन्त्यमा हुने जथाभावी खर्चको ठूलो हिस्सा अनियमितता हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...