प्रधानमन्त्री अझैं शक्तिशाली बन्नुपर्छ : बस्नेत

Mahesh basnet

काठमाडौं । ठेक्कापट्टजस्ता विकासका कार्यमा घोटाला गर्नेलाई कारबाही गर्ने शक्तिशाली संयन्त्र निर्माण गर्नुपर्ने पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले बताएका छन् ।

सांसद बस्नेतले कतिपय ठाउँमा मिलेर टेण्डर दिने/लिने हुँदा उनीहरुलाई जोगाउनेजस्ता कार्य हुँदै आएकाले देश विकासका लागि गरिने काममा घोटाला गर्नेलाई कारवाही गर्न शक्तिशाली संयन्त्र आवश्यक रहेको बताए ।

सोमबार सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘आर्थिक वर्षको अन्त्यमा थालिने विकास निर्माण र यसको प्रभाव’ विषयक कार्यक्रममा ‘ठेकेदारको बारेमा पनि विभिन्न कुराहरु आएका छन्, ठेकेदारमाझ पिसी हाकाहाकी चलेको छ’ उनले भने, ‘पिसी सरकारले किन रोक्न नसक्ने ?  यसका लागि प्रधानमन्त्रीले नै कुनै न कुनै ठोस कार्यक्रम ल्याउनुु आवश्यक छ ।’

योजनाहरु कागजमा दुरुस्त देखिए पनि व्यवहारमा भने लागू नभएको भन्दै सांसद बस्नेतले प्रधानमन्त्रीको कार्यालयको नेतृत्वमा अन्य मन्त्रालय तथा कार्यालयमा पनि अनुगमन गरेर गलत गर्नेलाई कारबाही गर्नुपर्ने बताए ।

उनले बढी प्राविधिक कार्यालयमा पिसी बाँढ्ने संस्कारले सरकारमाथि पनि चुनौती देखिएको बताए । ठेकेदारहरुले सरकारी कर्मचारीलाई पनि पिसी बाँडेको आफूले नै थाहा पाएको सांसद बस्नेतले बताए ।

कार्यक्रममा उपभोक्त हित मञ्च रञ्जन खनाल, महालेखा परीक्षकका पूर्वमहानियन्त्रक सुकदेव भट्टराई, सुशासन पत्रकार मञ्चका सागर पण्डित, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव विनोदबहादुर कुँवर, पूर्वप्रधानमन्त्री माधव नेपालका प्राविधिक सल्लाहकार अलि अकबर मिकरानी, सञ्चार केन्द्र नेपाल अध्यक्ष गोविन्दप्रसाद चौलागाइँ लगायतले नीति नियम उत्कृष्ट भए पनि कार्यान्वयनमा फितलोपन देखिएकाले मुलुकमा विकास नभएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...