विकासमा असारे चटारो : २१ दिनमै ६९ अर्ब रुपैयाँ स्वाहा !

Asare bikas

काठमाडौं । लगभग आर्थिक वर्ष सकिएको छ । विकासे खर्चहरु पनि सकिएका छन् । यतिसम्म की विकासे बजेट सक्न रातारात पनि काम भएका छन् ।

२१ दिनमै ६९ अर्ब रुपैयाँ खर्च भयो भनेर कसले पत्याउन सक्छ र ? तर, ११ महिना कानमा तेल हालेर बस्ने निकायले बजेट सक्न एक महिना निक्कै हतारो गर्छन् । बजेट जति सबै खर्च गर्छन् । तर, परिणाम भने शुन्यसरह नै हुन्छ ।

सरकारले चालू आर्थिक वर्षका लागि भनेर ३ खर्ब ३५ अर्ब १७ रुपैयाँ पूँजिगत खर्च छुट्याएको थियो । पहिले पूँजिगत खर्च भएन । तर आर्थिक वर्ष सकिने अघिल्लो दिनसम्म पूँजिगत खर्च जम्मा ७१ प्रतिशतमा मात्रै सीमित भएको छ ।

असारमा खर्च भएको धेरैजसो रकम दुरुपयोग हुने गरेको छ । यस्तै गतिमा हिउँदमै रकम खर्च हुने हो भने विकासका कामले गति पाउथे । तर, बजेट सक्नका लागि मात्रै भए पनि असार लागेपछि धमाधम काम सुरु हुन्छ ।

सरकारले ३ खर्ब ३५ अर्व १७ करोड रुपैयाँ पूँजिगत बजेट छुट्याएको थियो । तर आर्थिक वर्ष सकिन १ दिन बाँकी छँदा अर्थात आइतबार बेलुकीसम्म जम्मा २ खर्ब ३८ अर्ब २० करोड रुपैयाँ अर्थात ७१ दशमलव शुन्य शून्य ७ प्रतिशत मात्रै खर्च भएको छ ।

असारको १० गतेसम्म पूँजिगत खर्च जम्मा १ खर्ब ६९ अर्व १० करोड रुपैयाँ रहेको थियो । तर २१ दिनपछि अर्थात असार ३१ गतेसम्म आइपुग्दा पूँजिगत खर्च बढेर २ खर्ब ३८ करोड २० लाख रुपैयाँ पुगेको छ । २१ दिनमै सरकारले ६९ अर्ब १० करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ ।

पूँजिगत खर्च मात्रै होइन, चालू खर्चको लक्ष्य पनि पूरा नहुने देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा ८ खर्ब ३ अर्व ५३ करोड १४ लाख ५४ हजार रुपैयाँ चालू खर्चको लागि छुट्याएको थियो ।

तर आइतबार बेलुकीसम्म ७ खर्ब १८ अर्व ९५ करोड ४७ लाख ५९ हजार रुपैयाँ अर्थात् ८६ दशमलव शुन्य ७ प्रतिशत मात्रै चालू खर्च भएको छ । यो आर्थिक वर्षको लागि सरकारले वित्तीय व्यवस्थातर्फ १ खर्ब ४० अर्ब, २८ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

तर आजसम्म १ खर्ब ९ अर्व २८ करोड ३८ लाख रुपैयाँ अर्थात ७७ दशमलव ९० प्रतिशत मात्रै वित्तीय व्यवस्थातर्फ छुट्याइएको रकम खर्च भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...