पूर्व अध्यक्ष ढकाल सार्क उवासंघको विधान संशोधन समितिको सभापति चयन

Chandiraj dhakal

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाल सार्क उद्योग वाणिज्य संघको विधान संशोधन समितिको सभापतिमा चयन भएका छन् । बंगलादेशको ढाकामा जारी सार्क उद्योग वाणिज्य संघको ७५ औं कार्य समिति बैठकले ढकाललाई सो समितिको सभापति मनोनयन गरेको हो ।

संघको विद्यमान विधानलाई अझ बढी स्पष्ट र क्रियाशिल बनाउन संशोधन गर्न लागिएको बैठकमा जानकारी गराइयो। विधान संशोधन समितिका सदस्यहरूमा संघका वर्तमान उपाध्यक्ष विनोद जुनेजा, संघका पूर्व अध्यक्ष एवं वर्तमान उपाध्यक्ष दासो उगेन थेक्चुप दोर्जी, पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं संघका वर्तमान कार्य समिति सदस्य जुवेर अहमद मल्लिक र बंगलादेश उद्योग वाणिज्य महासंघका पूर्व महासचिव तथा संघका कार्य समिति सदस्य सफकात हैदर छन्।

त्यसैगरी सार्क उवासंघका कार्य समिति सदस्य देश बन्धु बस्नेत (अजित) संघको मानव संशाधन समितिको सदस्यमा मनोनित भएका छन्। कार्य समिति बैठक पश्चात सार्क उवासंघद्वारा ढाकामा आयोजित एक कार्यक्रमलाई पूर्व अध्यक्ष ढकालले संबोधन गरे ।

संबोधनका क्रममा सार्क उवासंघका उपाध्यक्ष ढकालले यस क्षेत्रको आर्थिक विकासमा मुख्य समस्या बन्दै गएको वातावरण परिवर्तनको चुनौतीलाई साझा समस्याको रूपमा संवोधन गर्नुपर्ने धारणा राखे।

सम्मेलनको प्रमुख आतिथ्यता बंगलादेश सरकारका उर्जा, बन तथा वातावरण मन्त्री अनिसुल इस्लाम मोहमदले गरेका थिए । कार्यक्रममा सार्क उवासंघका अध्यक्ष सहित पदाधिकारीहरू, सदस्यहरू, निजी क्षेत्रका उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...