नेपाल र भारतका शहरहरुबीच हवाई सम्पर्क बढाउन महासंघ अध्यक्ष राणाको जोड

Nepal ra india sangako sambandha

नेपालगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल र भारतका विभिन्न शहरहरुबीच सिधा हवाई सम्पर्क बढाउनु पर्नेमा जोड दिएकी छन्। 

नेपालगञ्जमा भारतीय राजदुत मञ्जीवसिंह पुरीको उपस्थितिमा भएको एक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष राणाले दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप उचाईमा पुर्याउन र भारतले गरेको आर्थिक विकासबाट नेपालले पनि फाइदा उठाउन “कनेक्टीभीटी” महत्वपूर्ण हुने धारणा राखिन् ।

अध्यक्ष राणाले नेपालगञ्ज–दिल्ली उडानसँगै मानसरोवरको प्रवेशद्वार नेपालगञ्ज हुने भएकाले नेपालगञ्ज सहित सिंगो प्रदेश नम्वर ५ को विकासले फड्को मार्ने विश्वास व्यक्त गरेकी छन्।

उनले नेपालगञ्ज लगायत नेपाल र भारतका मुख्य सहरहरू बीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइन्। आयुर्वेद, कृषि, मत्स्यपालन, पर्यटन लगायतका क्षेत्रको विकासमा भारतीय सहयोग महत्वपूर्ण हुने धारणा राखिन् ।

अध्यक्ष राणाले महासंघले निकट भविष्यमा काठमाडौंमा आयोजना गर्न लागेको नेपाल–भारत लगानी सम्मेलनमा सम्भावित संयुक्त लगानी, विकास निर्माणमा सहकार्य आदि विषयमा भारतीय अधिकारीहरुसँग ठोस छलफल हुने समेत विश्वास दिलाइन् ।

सो अवसरमा राजदुत पुरीले दिल्ली नेपालगञ्ज उडान भएपछि मानसरोवर जाने भारतीय पर्यटकका लागि नेपालगञ्ज मुख्य नाका हुने र त्यसबाट यहाँको विकासमा ढोका खुल्ने दावी गरे। नेपालगञ्जको पूर्वाधार विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने विश्वास समेत उनले दिलाए ।

सो अवसरमा नेपालगञ्ज दिल्ली हवाई उडान, नेपाली गाडीलाई भारतमा सहज आवागमन, नेपालगञ्जको विकास निर्माण एवं नेपालमा भारतीय पर्यटक आकर्षणमा सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...