तौलिहवा उद्योग बाणिज्य संघमा कुर्मी विजयी

Kapilbastu urmi

कपिलवस्तु । तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादीन कुर्मी विजयी भएका छन् ।

बुधबार भएको संघको निर्वाचनमा कुर्मीले सञ्जय गुप्तालाई पराजित गर्दै पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । कुर्मी र गुप्ताबीच ३ वर्षअघि पनि प्रतिष्पर्धा भएको थियो । त्यो बेला पनि कुर्मीले गुप्तालाई पराजित गरेका थिए ।

यसपटक उद्योग बाणिज्य संघको निर्वाचनमा व्यापारीहरु प्रजातान्तिक (कांग्रेस) र वाम गुटमा विभाजित भएका थिए । प्रजातान्त्रिक गुटको नेतृत्व कुर्मी र वाम गुटको नेतृत्व गुप्ताले गेका थिए ।

संघमा अजय कासौधन, अर्जुन चापागाई, अनन्त भारती, जाहिद खाँ (लल्लु), ओमप्रकाश यादव, गिरीजेश चौधरी, सन्दिप श्रीवास्तव, सचिन कासौधन, खजान्चीप्रसाद गुप्ता, चन्द्रशेखर गुप्ता, बृज बिहारी चौधरी, सबिता श्रेष्ठ र साबित्री गुप्ता सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...