धमाधम ब्याज घटाउँदै बैंकहरु, बचतमा ब्याज ७ प्रतिशत मात्रै

Bank 2

काठमाडौं । नेपाल बैंकर्स संघले बिहीबार सबै बैंकहरुमा ब्याजदर घटाउने निर्णय गर्यो । त्यसपछि बैंकहरुले धमाधम ब्याज घटाउन थालेका छन् ।

संघले व्यक्तिगत मुद्दती निक्षेपमा ११, संस्थागत निक्षेपमा साढे १० र बचतमा ७ प्रतिशत ब्याजदर कायम गर्ने भद्र सहमति गरेको थियो ।

बिहीबारको भद्र सहमतिपछि शुक्रबारदेखि सानिमा बैंकले व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत लगानीमा साँढे १० प्रतिशत ब्याज दिन थाल्यो । सानिमाले आफ्ना ग्राहकलाई सन्देशमा भनिएको छ, ‘शुक्रबारबाट लागू हुने गरी बचतको ब्याजदर ७ प्रतिशतमा झारिएको छ ।’

शुक्रबार नै एनआइसी एसिया बैंकले पनि आफ्ना ग्राहकलाई ब्याज घटेको जानकारी दियो । बैंकले बैंकमा आउने सबै ग्राहकलाई ब्याज घटेको जानकारी दिएको थियो ।

निक्षेपको ब्याजदर बढ्दा कर्जाको ब्याजदर पनि बढ्छ । यसले समग्र अर्थतन्त्रलाई असर पार्दै आएको छ । ब्याजदरलाई स्थायित्व दिन यो वर्ष दोस्रोपटक बैंकहरूबीच सहमति भएको हो ।

संघले गरेको सहमतिअनुसार सबै बैंकहरुले ब्याज घटाउन थालिसकेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकको ब्याजदर यस अघिनै सीमाभित्रै थियो ।

बैंकहरूले यसअघि गरेको भद्र सहमति तोड्दै बीचमा मुद्दती खातामा साँढे १३ प्रतिशतसम्म ब्याजदर पुर्याएका थिए । पाँच महिनाअघि गरिएको सहमतिमा बैंकर्सले मुद्दतिमा ११ र साधारण बचतमा ८ प्रतिशतभन्दा ब्याज नदिने बताइएको थियो । गत वर्ष ब्याजदर साढे १४ प्रतिशतसम्म पुगेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...