ग्रील र स्टिलमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न माग

Mohan katuwal

काठमाडौं । ग्रील तथा स्टिलमा कृतिम मूल्यवृद्धि गरिएको भन्दै हस्तक्षेप गरेर मूल्यवृद्धि नियन्त्रण गर्न व्यपवसायीहरुले सरकारसँग माग गरेका छन् ।ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टिलजन्य सामानको अस्वभाविक मुल्यवृद्धि भएको भन्दै बजार हस्तक्षेप गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

ग्रील तथा स्टिल व्यवसायीहरुले शनिबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष कटुवालले अस्वभाविक मुल्यवृद्धिका कारण व्यवसायीहरु मारमा परेको बताए । उनले इन्धनको मुल्य बढेसँगै बजारमा अस्वभाविक रुपमा ग्रील र स्टिलको मुल्य बढेको भन्दै अन्तर्राष्ट्रिय बजार र नेपाली बजारको मुल्य अध्ययन गरि बजार हस्तक्षेप गर्न सरकारसँग माग गरे ।

केही व्यक्तिका कारण बढेको अस्वभाविक मुल्यवृद्धिले भुकम्प पछिको पुननिर्माणको काम पनि प्रभावित भएको भन्दै उनले तत्काल प्रभावकारी ढंगले बजार अनुगमन गरी व्यवसायीलाई राहत दिनुपर्नेमा जोड दिए ।

उनले लोडसेडिङको अन्त्यले धेरै राहत मिलेपनि चर्को बजार मुल्य र दक्ष जनशक्तिको अभावमा व्यवसाय प्रभावित हुदै आएको बताए । दक्ष जनशक्ति विदेश पलायन हुनु र राज्यले दक्ष जनशक्ति उत्पादनका लागि पहल नगरेका कारण यो समस्या दैनिक बढ्दै गएको हो ।मुलुकभर १० हजार बढी ग्रील तथा स्टिल व्यवसायी रहेको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...