तीन करोड पोखियो रानीपोखरीमा, उपलब्धि शुन्य

Rani pokhari

काठमाडौं । महाभूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक र पुरातात्विक महत्वको रानी पोखरीको पुननिर्माण हुन सकेको छैन। अहिलेसम्म रानी पोखरी पुननिर्माणको नाममा झण्डै ३ करोड रुपैया खर्च भईसकेको छ । तर अहिले सम्म पुर्ननिर्माणको काम भने सुरु भएकै छैन ।

संरचना बनाउने, भत्काउने दुवै अपरिपक्क र अदुरदर्शी निर्णयका कारण झण्डै ३ करोड रुपैया नोक्सानी भएको छ । १८ महिना अघिदेखि निर्माण कार्य भईरहेको रानीपोखरीमा आधुनिक निर्माण सामाग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध भएपछि बाहिरी घेरामा लगाईएको आधुनिक कंक्रिट पर्खाल भत्काईएको हो ।

रानी पोखरीको बाहिरी घेरामा कंक्रिड वाल लगाउन मात्रै २ करोड ३० लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ । आधुनिक शैलीमा बनाउँदा रानी पोखरीको पुरातात्विक र परम्परागत पुरानो शैली मासिएको भन्दै चौतर्फी विरोध भएपछि सो पर्खाल भत्काईएको हो । पर्खाल भत्काउन र कंक्रिडहरु हटाउन महानगरले १६ लाख रुपैयाँमा चक्रदेव कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो । भत्काउने र त्यसलाई सफा गर्ने जिम्मा लिएको कम्पनीले ९५ प्रतिशत काम सकिएको बताएको छ ।

रानी पोखरी पुननिर्माणका लागि महानगरपालिकाले वल्डवाईड कँडेल के एन केजी जेभीलाई करिब ७ करोड रुपैयाँमा ठेक्का दिएको थियो । पोखरीको बाहिरी घेरामा लगाइएको आधुनिक पर्खाल भत्काएपछि सो कम्पनीले क्षतिपुर्तिको माग गर्दै महानगरपालिका विरुद्ध मुद्दा दायर गरेको छ ।

सो मुद्दा अहिले पनि विचाराधिन छ। आधुनिक पर्खाल भत्काएर त्यसलाई सफा गर्ने काम केहि दिन भित्र सम्पन्न भएपनि त्यसपछिको पुननिर्माण के कसरी गर्ने भन्ने स्पष्ट नभएका कारण रानीपोखरीको पुननिर्माण कहिले भन्ने जिज्ञासा यथावत रहेको छ । जिम्मेवार निकायको अपरिपक्क र अदुरददर्शी निर्णयका कारण ठुलो रकम पानीमा गएको छ ।

यसैबीच पोखरीको बीच भागमा रहेको बालगोपालेश्र मन्दिर भने राणाकालिन शैलीमा पुरातत्व विभागले पुननिर्माण गरिरहेको छ । यद्यपि मन्दिरको पुननिर्माणको काम पनि सन्तोषजनक ढंगले अघि बढ्न भने सकेको छैन । स्थानीयबासी र विज्ञले मल्लकालिन शैलीमा बालगोपालेश्वर मन्दिरको पुर्ननिर्माण गर्नुपर्ने माग गर्दे आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...