प्रदेश ४ को बजेट पारित, ८० करोड आन्तरिक ऋण

Prade 4 ko bajet

पोखरा । प्रदेश ४ सरकारको बजेट पास भएको छ । प्रदेशसभाको बिहीबारको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङबाट प्रस्तुत आर्थिक वर्ष २०७५/०७६ को बजेट बहुमतले पारित गरेको हो । बजेट पारित भएसँगै यसको कार्यान्वनयको बाटो खुलेको छ ।

मन्त्री गुरुङले प्रस्तुत गरेको बजेट २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको रहेको छ । बजेटले करिब ६६ प्रतिशत रकम पूँजिगत खर्चको लागि छुट्याएको छ । बजेटमा समानीकरण अनुदानबाट प्राप्त ६ अर्ब ७७ करोड ६७ लाख, सशर्त अनुदान ६ अर्ब ५० करोड १९ लाखसहित राजस्व बाँडफाँटबाट प्राप्त हुने ६ अर्ब ५७ करोड ६० लाख रुपैयाँलाई श्रोतको रुपमा अथ्र्याइएको छ ।

यसैगरी समपुरक अनुदान ७१ करोड ४२ लाख, विशेष अनुदान ३५ करोड ५० लाख र आन्तरिक राजस्वबाट १ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ प्राप्त हुने बजेटले अपेक्षा गरे्को छ । बजेटमा १ अर्ब ४० करोड रुपैयाँ न्युन हुन आँउछ । सो रकममध्ये ८० करोड आन्तरिक ऋण लिने सरकारको तयारी रहेको छ ।

संघीयता कार्यान्वयनको पहिलो बजेट भए पनि यसअघि प्रदेश सरकारले ल्याएको १ अर्ब २ करोडको पूरक बजेट पूर्ण कार्यान्वयनमा आउन सकेन । सो बजेटमा रहेको ६० करोड मौज्दातलाई पनि यो आर्थिक वर्षको बजेटमा गाभिएको छ ।

यसअघि प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश विनियोजन विधेयक पारित भएको थियो भने गत मंगलबार प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित भएको थियो । यता बजेट पारित भएसँगै यसको कार्यान्वयनबारे अर्थविज्ञहरुले आशंका जनाएका छन् ।

पोखरामा बिहीबार नै एभिन्यूज टेलिभिजनले आयोजना गरेको तथा मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमेत उपस्थित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बजेटको पूर्ण कार्यान्वयनमा शंका व्यक्त गरे ।

आर्थिक वर्ष २०७५-०७५ को तीन महिनाको लागि ल्याइएको बजेट खर्च हुन नसकेको तथ्य पेश गर्दै अहिलेकै संरचनामा बजेट कार्यान्वयनमा आउनेमा शंका व्यक्त गरेका हुन् । केन्द्र सरकारको रवैया, कर्मचारी अभाव तथा प्रदेश सरकारको अधिकार क्षेत्रबारेको अन्यौलताले पनि बजेट कार्यान्वयनमा चुनौति थपेको उनले दावी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...