भैरहवाको गौतमबुद्ध विमानस्थल निमार्ण कार्य सुचारु

Gautambudha

काठमाडौं । मुआब्जा माग गर्दै स्थानीयले अवरोध गरेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण कार्य फेरी सुचारु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मुआब्जा रकम हस्तान्तरण प्रक्रिया अगाडि बढाउने प्रतिद्धता जनाएसँगै विमानस्थल निर्माण कार्य सुचारु भएको हो । प्राधिकरणले मुआब्जा वितरणका लागि २ अर्ब रुपैयाँ आयोजनाको खातामा पठाइएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाका लागि ५ सय बिघा जमिन अधिग्रहण गरिएको थियो । जग्गा अधिग्रहणसँगै दुई हजार दुई सय परिवारलाई मुआब्जा वितरण गर्नुपर्नेछ । सो जग्गाको मुआब्जाका लागि २३ अर्ब रकम आवश्यक पर्दछ । त्यसमध्ये ६ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ ।

अहिले मुआब्जा विवाद भएको ५ सय विघा जग्गा धावनमार्ग, टर्मिनल भवन, टयाक्सी वे निर्माण भइरहेको भन्दा फरक जग्गा हो। विमानस्थलका लागि भविष्यमा अवश्यक पर्ने देखिएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले सो जग्गा अधिग्रहण गरेको थियो।

मुआब्जा रकम आयोजनालाई पठाइसकेकाले काम अघि बढ्न सहज हुने प्राधिकरण निर्देशक अधिकारीले बताए । स्थानीयबासीले भने मुआब्जा नपाएसम्म निर्माण कार्य अघि बढ्न नदिने भन्दै असार ४ गते धावनमार्ग निर्माणमा अवरोध गरेका थिए । प्राधिकरणले मुआब्जा वितरण गर्ने भनेसँगै स्थानीयले विरोधलाई स्थगित गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २८ रुपैयाँ ठेक्का लिएर चिनियाँ कम्पनी नर्थवेष्टले निर्माणको काम गरिरहेको छ । विमानस्थल सन् २०१९ भित्र सञ्चालनमा ल्याउने सरकारको योजना रहेको छ । ठेकेदार कम्पनीले तीन वर्षमा ४० प्रतिशत काम सम्पन्न गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...