यस्तो छ आजको विदेशी विनिमय दर

Money 1

काठमाडौं । नेपालमा भारतीय रुपैयाँबाहेक अन्य देशको मुल्यको बिक्री दर दैनिक तलमाथि भई नै रहेको हुन्छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा विहीबार र शुक्रबारमा सामान्य तलमाथि परेको छ ।

राष्ट्र बैंकका अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७७ पैसा छ भने विक्रिदर २८ रुपैयाँ ९३ रुपैयाँ छ । कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ६३ पैसा छ भने विक्रिदर २९ रुपैयाँ ८० पैसा छ ।

त्यसैगरी बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ४९ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ ०८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर २९ रुपैयाँ ३८ पैसा र बिक्रिदर २९ रुपैयाँ ५४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २२ छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९७ पैसा र विक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ २८ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ २७ पैसा रहेको छ ।

 

प्रतिकृया दिनुहोस