कोरिया पठाउने भन्दै ७९ लाख ठगी गर्ने दुई जना पक्राउ

Arrest

काठमाडौं । रोजगारीका लागि कोरिया पठाउने भन्दै ९ जनासँग ७९ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले कोरियामा राम्रो रोजगार र एकवर्षपछि भिषा नविकरणको सुविधा भन्दै ठगेको आरोपमा लम्जुङका मिनबहादुर थापा र जोसफ श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुले सरकारी कोटामा कोरिया पठाउने आश्वाशन दिएर ठगी गरेको प्रहरलिे जनाएको ।

ब्युरोका अनुसार थापाले पीडितबाट ७९ लाख ६५ हजार रुपैयाँ आफ्नो खातामा जम्मा गर्न लगाएका थिए । श्रेष्ठले पुतली सडकमा संञ्चालन गरेको लोटस कन्सल्टेन्सी मार्फत रकमको लेनदेन गरेका थिए ।  प्रहरीले दुबैलाई थप कारवाहीका लागि बैदेशिक रोजगार बिभाग पठाएको छ ।

प्रतिकृया दिनुहोस