नेपाल–भारत बीचको ब्यापारमा सुधार ल्याउनुपर्ने

Chamber news 30

काठमाडौं । नेपालका लागि भारतीय पूर्वराजदूत केबी राजनले बद्लिदो परिवेशमा नेपाल–भारत ब्यापार नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले भारतको पीएचडी चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलको स्वागतमा आयोजना गरेको ‘नेपाल–भारत बाणिज्य, लगानी तथा व्यापार’ बिषयक कार्यक्रममा राजनले नेपाल–भारतबीचको ब्यापारमा सुधार ल्याउनुपर्ने बताएका हुन् ।

उनले नेपाल समृद्दिको बाटोमा अघि बढेकाले समृद्धिका लागि नेपालले वर्तमान विश्व ब्यापारको अवस्थालाई बुझेर अन्तराष्ट्र्रिय ब्यापार गर्नसक्नुपर्ने उनको सुझाव थियो ।

सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको भारतसँगको ब्यापार घाटा कम गर्न पयर्टन र कृषि क्षेत्रमा भारतीय लगानी भित्र्याउनुपर्ने बताए । उनले ०.१ प्रतिशत मात्र भारतीय नागरिक पर्यटकको रुपमा नेपाल भित्रिए भने पनि १० लाख पर्यटक भित्रिने र त्यसले नेपालको पर्यटक अर्थतन्त्र मजबुत बन्ने बताए ।

कार्यक्रममा पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका महासचिव सौरभ सन्याल, नेपाल वोमेन चेम्बर अफ कमर्सका अध्यक्ष डा. अन्जान शाक्य र नेपाल युथ चेम्बर अफ कमर्सका अध्यक्ष दिपेश रत्न तुलाधर लगायतले दुई पक्षीय ब्यापार, महिला र युवाहरुको भूमिका आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निर्देशक हरिप्रकाश चन्द, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल–भारत ब्यापार सम्बन्धमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्रधानमन्त्रीसँगै बैइजिङ पुगे ‘गोरे’

Oli pune china

काठमाडौं । अरुबेला जस्तो चर्चा नभए पनि जम्बो टोली बोकेर प्रधानमन्त्री केपी शर्मा ओलीको बैइजिङ पुग...