काष्ठमण्डप पुनर्निर्माण गर्न महानगरले दियो ५० लाख

Kastha punarnirman

काठमाडौं । भूकम्पले ध्वस्त भएको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग गरेको छ । 

मंगलबार महानगरका मेयर विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुननिर्माण समितिलाई एक कार्यक्रमबीच सो रकम हस्तान्तरण गरे ।

प्रदेशसभका सांसद राजेश श्रेष्ठको संयोजकत्वमा बनेको ५५ सदस्यीय समितिलाई नै महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणको जिम्मा दिएको छ ।

यसअघि काष्ठमण्डप महानगरपालिका आफैंले बनाउने कि स्थानीय बासिन्दाको समितिलाई दिने भन्नेमा विवाद थियो । पुनर्निर्माण समितिसँग सहममतित्रमा हस्ताक्षर गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २ वर्षभित्र काष्ठमण्डप बनिसक्ने दावी गरे । तर समतिले भने ३ वर्ष लाग्न सक्ने बताएको छ ।

सहमतिपत्रमा काष्ठमण्डपका लागि आवश्यक काठ सरकारकै टिम्बर कर्पोरेशन अफ नेपाल (टीसीएन)सँग लिने उल्लेख छ । त्यस्तै समितिले पुनर्निर्माणका लागि सहयोग संकलन गर्ने र नपुग रकम महानगरपालिकाले नै दिने पनि उल्लेख छ ।

यो समितिका स्थानीयबासिन्दासँगै सम्पदाविद, पुरातत्वविद, प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि र राष्ट्रिय कलाकारहरु छन् । काष्ठमण्डको पुननिर्माण पुरातत्व विभागले तयार गरेको डिजाइनमै हुनेछ ।

पुरातत्व विभागले यसअघि नै काष्ठमण्डपको पुर्निर्माण पुराने शैलीमा नै बनाउने गरी ड्रोइङरडिजनाइन तयार गरेर महानगरपालिकालाई दिइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...