एनआईसी एसिया बैंकले मुद्दती खातामा १२ प्रतिशत ब्याज दिने

Nic asia nayasawal

काठमाडौं । एनआईसी एसिया बैंकले सर्वाधिक उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ । धनवर्षा मुद्दती निक्षेप योजनानाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा ब्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गर्ने बैंकले जनाएको छ ।

यस अघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना ग्राहकहरु माझ लोकप्रिय भएको थियो ।

यस योजनाअन्तर्गत देशभर रहेका एनआईसी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने छ ।

साथै एक बर्षको अवधिको लागी खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्म कर्जा सुबिधासमेत उपलब्ध गराउन सकिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस