नेपाल बैंक लिमिटेडले २५ वटा नयाँ शाखा बिस्तार गर्ने

Nepal bank 1

काठमाडौं । नेपालको पुरानो बैंक नेपाल बैंक लिमिटेडले आगामी आर्थिक वर्ष भित्र थप २५ वटा शाखा विस्तार गर्ने भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी आर्थिक वर्ष भित्र थप २५ वटा स्थानमा शाखा विस्तार गर्ने योजना सार्वजनिक गरेका हुन् ।

बैंकको हाल १ सय २५ वटा शाखा रहेको छ । प्रमुख कार्यकारी अधिकृत शाहले २ वर्ष भित्र बैंकको शाखा २ सय पु¥याउने लक्ष्य लिइएको पनि स्पष्ट पारे । २ वर्ष अघि पूँजी पर्याप्तताको अभाव देखाउँदै नेपाल राष्ट्र बैंकले सो बैंकको शाखा विस्तारमा रोक लगाएको थियो ।

प्रमुख कार्यकारी अधिकृत शाहले अब पूँजी पुगिसकेकाले बैंकले आवश्यक स्थानमा शाखा खोल्न पाउने भएको पनि स्पष्ट पारे । बैंकले शाखाहरुलाई ग्राहकमैत्री बनाउन आगामी आर्थिक वर्ष भित्र २५ वटा शाखालाई स्मार्ट शाखाको
रुपमा विकास गर्ने योजना पनि बनाएको छ ।

प्रतिकृया दिनुहोस