प्रदेश ४ नीति तथा कार्यक्रमः आठ ताल जोड्ने मोनोरेल, कोरलादेखि सुस्तासम्म द्रुतमार्ग

Pradesh 4

पोखरा । प्रदेश नम्बर ४ मा आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । कार्यक्रमले भौतिक पूर्वाधारालई महत्वका साथ समेटेको छ ।

नीति तथा कार्यक्रममा पोखरामा रहेका ८ वटा ताल जोड्ने गरी मोनोरेल संचालन गर्नेदेखि कोरलादेखि सुस्तासम्म द्रूतमार्ग निर्माण गरिनेसम्मका योजना समेटिएका छन्।

प्रदेश प्रमुख बाबुराम कुँवरले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेका नीति तथा कार्यक्रमले ८ प्रतिशतको आर्थिक बृद्धिको महत्वकांक्षा लिएको छ भने प्रतिव्यक्ति आय वार्षिक २५ सय अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ ।

कृषि उत्पादनलाई दोब्बर बनाउने, पाँच वर्षभित्र गरिबी ७ प्रतिशतमा झार्ने, प्रदेशको केन्द्रदेखि स्थानीय तहसम्म सडक सञ्जाल बिस्तार गर्ने, उर्जा उत्पादन र खपत बढाउने,प्रदेशभित्रै रोजगारी सिर्जना गर्ने र औद्योगिक क्षेत्रको विकास गर्ने योजना रहेको छ ।

अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण, बहुउपयोगी सम्मेलन केन्द्र, मुटरोग, मृगौला र क्यान्सर अस्पतालको निर्माण, स्थानीय तहमा २५ र नगरपालिकामा ५० शैयाको अस्पताल निर्माणको थालनी गरिने पनि नीति र कार्यक्रममा उल्लेख छ।

केन्द्रको योजनामा परे पनि ३ वर्षभित्र पोखरा/क्षेत्रीय बिमानस्थल निर्माण, पोखरालाई केन्द्रमा राखी चक्रपथ निर्माणलाई पनि विशेष महत्व दिइएको छ । यो प्रदेशमा सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य पनि नीति तथा कार्यक्रमले लिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...