अन्नतः पछि हट्यो सरकार, शेयर कारोबार सुरु

Dhito patra bord

काठमाडौं । बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णय अन्नतः कार्यान्वयन नहुने भएको छ ।

सेयर लगानीकर्ता संघ र अर्थमन्त्रालयका अधिकारीहरुबीच हकप्रद र बोनस सेयरको आधार मूल्यमै पूँजीगत लाभकर असुल्ने आन्तरिक राजश्व विभागको परिपत्र तत्कालका लागि स्थगित गर्ने सहमति भएको छ ।

सेयर बजारका लगानीकर्ताहरुले सरकारको पछिल्लो निर्णयमा आपत्ति जनाउँदै वुधबार धितोपत्र बोर्ड घेराउ गरेका थिए । सोमबार नेपाल स्टक एक्सजेन्ज घेराउ गर्न पुगेका लगानीकर्ताहरु मंगलबार ब्रोकरहरुको गएर कारोबार नै ठप्प पारेका थिए । बुधबार बिहानै भने उनीहरु सरकारको निर्णयको बिरोधमा धितोपत्र बोर्ड घेराउ गर्न पुगेका हुन् ।

सहमतिअनुसार अर्थमन्त्रालयले आन्तरिक राजश्व विभागलाई तत्कालका लागि सो सर्कुलर स्थगन गर्न र हकप्रद तथा बोनस सेयरमा कर गणना पुरानै विधिबाट गर्न पत्र पठाइसकेको छ ।

 

प्रतिकृया दिनुहोस