नेपालको पैसा झिक्न ‘हिडेन कोब्रा’ को हात !

Hacker swift nic

काठमाडौं । पैसा देखेपछि महादेवको पनि तिन नेत्र हुन्छ रे । त्यस्तै भएको छ उत्तर कोरियाली लजारुस ग्रुपलाई । जसले नेपालको एनआइसी एसिया बैंक ह्याक गरी साँसढे ४६ करोड झ्वाम पारेको छ ।

नेपालको एनआइसी एसिया बैंकको ४६ करोड ५६ लाख ५० हजार पाँच सय ५० रुपैयाँ ‘स्विफ्ट ह्याक’ भएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लामो समयसम्म अनुसन्धान गरेर उत्तर कोरियाको लजारुस ग्रुपले ह्याक गरेको पत्ता लगाएको थियो ।

गत ३ कात्तिक तिहारको बिदाको दिन ह्याक भएको केही घन्टाभित्रै बैंकमा रहेको साढे ४६ करोड रुपैयाँ लन्डन, जर्मन, चीन, हङकङ, टर्की, जापान र अमेरिकाका विभिन्न बैंकमा ट्रान्सफर गरिएको थियो । त्यसमध्ये ६ करोड ८० लाख ७१ हजार एक सय ८२ रुपैयाँ भने ह्याकरको हातमा परिसकेको सिआइबीको अनुसन्धानले देखाएको छ ।

लजारुस ग्रुपले ह्याकरको रुपमा अन्तर्राष्ट्रिय कुख्याती कमाएको छ । यसलाई ‘हिडेन कोब्रा’ पनि भनिन्छ । यसले संसारका अन्य बैंक र कम्पनी पनि ह्याक गर्दै रकम असुली गर्दै आएको छ ।

यो ग्रुपले सन् ०१६ मा बंगलादेशको केन्द्रीय बैंक ह्याक गरी ८५ अर्ब १० करोड रुपैयाँ संसारका विभिन्न बैंकमा सफलतासाथ ट्रान्सफर गरेको थियो भने त्यसमध्ये ८ अर्ब १० लाख रुपैयाँ भुक्तानी लिन ह्याकरले लिएको थियो ।

प्रतिकृया दिनुहोस