कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति ७ लाख !

Mahendra shahi

सुर्खेत । तपाई पत्याउनुहुन्छ कर्णाली प्रदेशका मुख्यमन्त्री सबैभन्दा गरिव छन् भनेर ? तपाईले नपत्याए केही फरक पर्दैन । तर, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अन्य मन्त्रीभन्दा धेरै गरिव भएको विवरण सार्वजनिक गरिएको छ ।

मंगलबार सार्वजनिक गरिएको मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरणमा सबैभन्दा कम सम्पत्ति मुख्य मन्त्री शाहीको छ । उनको एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंक गरी दुई वटा बैंकमा ७ लाख नगद जम्मा छ भने ६ तोला सुन र २ सय तोला चाँदी छ ।

मुख्यमन्त्री शाहीको कालिकोटको पचाल झरनामा पु्ख्र्यौली घर र ५ रोपनी जग्गा छ । शाहीको १० लाखको कुखुरापालन ब्यवसाय र २ लाख ५० हजारको तरकारी खेती पनि छ ।

प्रतिकृया दिनुहोस