मलेसियाबाट नेपालीले पठाएको करोडौं रकम एजेन्टको झोलामा

Money

काठमाडौंं । नेपाली मजदुरले विप्रेषणमा पठाएको करोडौं रकम मलेसियामै रोकिएको छ ।

हिमालयन बैंकले मलेसियाबाट विप्रेषण ल्याउँदा बीचमा खडा गरेको एजेन्टलाई नियमविपरीत अधिकार दिएका नेपाली मजदुरको रकम रोकिएको हो । बैंकले मलेसियामा विप्रेषणको कारोबार गर्ने गरी म्याक्स मनी नामक एजेन्सीलाई अधिकार दिएको थियो ।

नियम विपरीत म्याक्सलाई २० लाख अमेरिकी डलर चलाउन दिने बैंकको निर्णयका कारण समयमा पैसा नेपाल नआउने गरेको छ, जसले गर्दा बैंकले ग्राहकलाई समयमा पैसा भुक्तानी गर्दैन ।
भुक्तानी गर्नु पर्दा बैंकमा वचत रहेको पैसाबाट विप्रेषणको पैसा भुक्तानी गर्दै आएको छ ।

बैंकले विप्रेषणको काम गर्न हिमाल रेमिट सञ्चालनमा ल्याएको छ । म्याक्स हिमाल रेमिटको एजेन्सी हो । हिमालय बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले म्याक्सले डलरको समस्या देखाएर समयमा पैसा नपठाएको बताए ।

उनले अहिले पनि ३० करोड रूपैयाँ म्याक्सबाट आउन बाँकी रहेको बताए । यस्तै उनले दुबईलगायतका देशबाट समेत विप्रेषण नेपाल आउन ढिला भएको स्विकार गरे ।
नेपाली कामदारले नेपाल पठाएको पैसा म्याक्सले बीचमा चलाउन पाउने सम्झौता गरेकाले बैंकले त्यसमार्फत् कुनै सुरक्षण भने लिएको छैन । अहिले पनि म्याक्सले सम्झौताको भन्दा बढी पैसा आफूसँगै राखिरहेको छ ।


राष्ट्र बैंकको निर्देशिकाअनुसार विदेशबाट पठाएको विप्रेषण उक्त समयको विनिमय दरमा नेपाल आएर बैंक खातामा जम्मा भएपछि मात्र पैसा पाउने व्यक्तिलाई भुक्तान गर्नुपर्ने व्यवस्था छ ।

हिमालयन बैंकले राष्ट्र बैंकले गरेको यस्तो व्यवस्था विपरीत म्याक्सलाई पैसा चलाउने अधिकार दिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेल बैंक खातामा विप्रेषण आएको पैसा जम्मा नहुँदासम्म भुक्तानी दिन नपाइने बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...