४१ लाख नगद करोडौं चेक रकमसहित हुण्डी कारोबारी पक्राउ

Arest11

काठमाडौं । उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीको कारोबार गरेको आरोपमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा नेपाली नागरिक राहुल राय अग्रवाल, राज कुमार श्रेष्ठ तथा भारतीय नागरिकहरु शिव कुमार साङतानी, अरुण सावरथिया, रविन्द्र चोखानी, राज कुमार सिघान्चीर जगदिश राना सरिया रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नगद रु. ५१ लाख ४ हजार ५ सय चेक रकम ३ करोड ५६ लाख ७३ हजार ५ सय सन्तानव्बे, मोवाईल, ल्याप्टप र बिभिन्न कागजातहरु बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा महानगरीय प्रहरीको टोलिले सोमबार काठमाडौं उपत्यकाको न्यूरोड स्थित विभिन्न स्थानहरुमा छापामारी नगद, चेक रकम, विभिन्न बैंकका हस्ताक्षर गरी राखिएका चेकबुकहरु, हुण्डीको कारोवार सहितको बिवरण, हुण्डी कारोबार गरिएको लेजर तथा कागजातहरु समेत बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...