नव उद्यमी एक्स्पो तथा प्रदर्शनी सम्पन्न

Udhami pradasani

काठमाडौं । स्टार्टअपशोकेस एण्ड एक्स्पो नव उद्यमी एक्स्पो तथा प्रदर्शनी सम्पन्न भएको छ । सो प्रदर्शनीमा देशभरका ४७ युवा उद्यमहिरुको सहभागीता रहेको थियो ।

नयाँ उद्यमको विकास र दिगो वृद्घिका लागि सहकार्य भन्ने नाराका साथ नेपालभरि छरिएर रहेका ४७ नयाँ उद्यमीरुको प्रर्दशनी काठमाडौंमा सम्पन्न भएको छ ।

प्रर्दशनीमा कृषि, पर्यटन, सुचना प्रविधि, नयाँ परिकारहरु, हस्तकला, निर्माण, स्वास्थ्यसँग सम्बन्धित ४७ वटा नयाँ उद्यमीहरुले आफ्नो उत्पादन, त्यस उत्पादनले नेपाली समाजमा पुग्ने सकारात्मक योगदान र आर्थिक सम्भावनाबारे प्रस्तुत गरेका थिए ।

आइईडीआईका कार्यकारी निर्देशक आनन्दबहादुर श्रेष्ठले सरकारी र निजी क्षेत्रबीच साझेदारीमा सम्पन्न भएको पहिलो एक्स्पो भएको बताए । उनले आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर गरिनुपर्ने बताए ।

आइईडीआई उद्यमी तथा उद्यमशीलता विकास तथा प्रवद्र्धनको उद्धेश्यले गठित संस्था हो । नेपालमा नवीनतम सोच भएका उद्यमी तथा उद्यमशीलतासँग सम्बन्धित सम्पूर्ण ‘स्टार्टअपइकोसिस्टम’ विकास, बिस्तार र संस्थागत गर्नसघाउने उद्धेश्यले ३ वर्षदेखि सक्रिय संस्था हो ।

प्रतिकृया दिनुहोस