संसदमा अर्थमन्त्रीको यस्तो आयो जवाफ ‘बजेट न वायुपंखी घोडा, न कछुवा’

Finance minister yubaraj khatioda

काठमाडौं । संसदमा पेश भएका आर्थिक वर्ष २०७५/०७६ को बजेटमा त्तापक्ष र प्रतिपक्षमा सांसदहरु अर्थमन्त्री युवराज खतिवडाप्रति खनिएपछि सरकारले पेश गरेको बजेट ‘वायुपंखी घोडा र कछुवा’ दुवै नभएको बताएका छन् ।

१५ जेठमा प्रस्तुत भएको बजेटप्रति कटाक्ष बेहोरेका डा. खतिवडाले शुक्रबार संसदमा भने, ‘यो बजेट वायुपंखी घोडा पनि होइन । यो बजेट कछुवा पनि होइन ।’

संसदमा बोल्ने बत्ताप्रति निक्कै आक्रोसित भएका अर्थमनत्री खतिवडाले कसैले वायुपंखी भन्दैमा उक्साहटमा नलाग्ने जिकिर गरे । उनले बजेट कार्यान्वयनमा कछुवा जस्तो ढिलो पनि नहिड्ने दावी पनि गरे । उनले भने, ‘कसैले वायुपंखी हो भन्दैमा उक्साहटमा हावा दौडिने पनि हामी होइनौं र कछुवाजस्तो ढिलो हिँड्ने पनि हामी होइनौं । हाम्रो आफ्नै गति छ ।’

राष्ट्रियसभामा उठेको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा भत्ता ०५१ सालमा एमालेले शुरुवात गरेकोले अहिले पनि सरकारले सामाजिक सुरक्षाप्रति चनाखो भएको बताए ।

‘अकस्मात चिन्ता भयो प्रतिपक्षका माननीयज्यूहरुलाई । यसका लागि म धन्यवाद पनि दिन्छु’ उनले भने, ‘२०५१ सालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व कालको पहिलो बजेट बनाउदै थियौं । संयोगले म त्यसको एउटा आर्किटेक्ट पनि हुँ । त्यसलाई बिर्सने कुरै आउँदैन ।’

उनले सरकारले ७० वर्ष उमेर पुगेकालाई स्वास्थ्य विमा र आवासको योजना अघि सारेको बताए । नेपालमा स्थानीय, प्रदेश र संघीय सरकार गरी ७६१ सरकार रहेको भन्दै उनले चालु आर्थिक वर्षको बजेटसँग दाँजेर सानो भन्न नहुने उनको तर्क थियो ।

प्रतिकृया दिनुहोस