डा. बाबुराम भट्टराईको प्रश्न, बजेट दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो कहाँ भयो र ?

Baburam vattarai

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बजेटले दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको जारी छलफलमा डा. भट्टराईले ठूल्ठूला कुरा गर्ने दुई पाइलटले कुरा गर्ने जस्तो बजेट ल्याउन नसकेको तर्क गरे ।

‘यो बजेट दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो कहाँ भयो र ?’ उनले भने, ‘यो त सामान्य ड्राइभरले गाडी चलाएको जस्तो मात्रै पो भयो ।’ उनले दुई पाइलटले ठूलो जेट प्लेन उठाउने कुरा सुन्दा त्यही खालको बजेट आउने अपेक्षा गरिए पनि त्यस्तो नभएकोमा सरकारको खिल्ली उडाए ।

उनले अहिलेको बजेट सामान्य अवस्थाको भएको टिप्पणी पनि गरे । ‘पुरानै कार्यक्रमकै निरन्तरतालाई हेर्दा ६० अंक दिँदा हुने रहेछ’ उनले भने त्यो भन्दा धेरै अंक दिए साह्रै सुहाउँदैन ।’

‘दुईतिहाई बहुमत प्राप्त सरकार र चुनावी घोषणापत्र हुँदै नीति तथा कार्यक्रमसम्म आइपुग्दा केही आशा देखाइएको थियो’ उनले भने, ‘तर, बजेटसम्म आइपुग्दा त्यो आशा मरेको अनुभूति हुन्छ ।’

‘बजेटमा कतिपय राम्रा पक्ष पनि छन्न् प्रधानमन्त्री रोजगार कार्यक्रम, शैक्षिक प्रमाणपत्रका आधार ऋण प्रदान गर्ने लगायतका केही कार्यक्रम प्रशंनीय छन्’ उनले भने, ‘तर कार्यान्वयनको पाटो एकदम जटिल छ, त्यो कसरी पूरा हुन्छ, त्यो हेर्नुपर्छ ।’

बजेटमा दृष्टिकोण र प्राथमिकता निर्धारण गर्न नसक्दा समस्या देखिएको उनको भनाई थियो । वर्तमान परिवेशमा हिजोको ढाँचामा बजेट तय गर्नुपर्ने आवश्यकता नभएको उनले बताए ।

आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि कृषि प्रधान अर्थतन्त्रलाई तीव्र आर्थिक वृद्धि गर्नुपर्ने अहिलेको प्राथमिकता हुनुपर्ने उनको धारणा थियो ।

प्रतिकृया दिनुहोस