बजेटप्रति निजी क्षेत्र पनि असन्तुष्ट

Arthik n

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पनि सरकारले अपेक्षा अनुसार बजेट ल्याउन नसकेको प्रतिक्रिया दिएको छ ।

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले सरकारले निजी क्षेत्रले अपेक्षा गरे अनुसार बजेट ल्याउन नसकेको भन्दै असन्तुष्टि जनाएको हो । महासंघकी अध्यक्ष भवाणी राणाले विगतको न्यून आर्थिक वृद्धिदर, उच्च व्यापार घाटा र दवावमा परेको शोधान्तर स्थितिलाई नियन्त्रणमा ल्याउने दिशामा बजेट नआएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले निजी क्षेत्रको लगानी बढाउन बजेटले आवश्यक दिशा निर्देश गर्न नसकेको पनि स्पष्ट पारिन्।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले डरलाग्दो अवस्थामा रहेको शोधान्तर घाटा कम हुने गरी सरकारले बजेट नल्याएको बताए। उनले रोजगारी सृजना गर्न आवश्यक उद्योग स्थापनाका लागि पनि बजेटले अपेक्षित दिशा दिन नसकेको पनि स्पष्ट पारे। विदेशी लगानी भित्रयाउने दिशामा पनि बजेटले पहलकदमी लिन नसकेको वरिष्ठ उपाध्यक्ष गोल्छाको बुझाई छ ।

महासंघले आर्थिक वृद्धिदरलाई ८ प्रतिशत पु¥याउने लक्ष्य प्राप्ती चुनौतिपूर्ण रहेको भन्दै निजी क्षेत्रलाई साथमा लिएर अघि पनि सरकारसँग आग्रह पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...