बजेटबारे दुई डाक्टरबीच चल्यो दोहोरी

Mahat khateudan

काडमाडौं । सरकारले प्रस्तुत गरेको बजेटबारे अर्थ मन्त्री डा. युवराज खतिवडा र पूर्व अर्थमन्त्री डा. रामशरण महतबीच दोहोरी चलेको छ ।
पूर्व अर्थ मन्त्री राम शरण महतले ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष हुनै नसक्ने बताएको कुरा बाहिर आएको भन्दै त्यसमा आफुले डा महतलाई असफल हुन नदिने भन्दै व्यङ्य गरेका छन् ।

बुधबार अर्थ मन्त्रालयमा आर्थिक पत्रकारहरुसँग कुरा गर्दै अर्थ मन्त्री खतिवडाले ८ प्रतिशतको सट्टामा बरु ७ दशमलव ९ प्रतिशत बनाउने भन्दै महतलाई असफल बनाउन नदिने बताए । ‘महत मेरो गुरु हुनुहुन्छ उहाँलाई किन अफल बनाउनु म नै सचिन चाहन्छु’ उनले भने ।

यसअघि पूर्व अर्थ मन्त्री डा. महतको ८ प्रतिशत आर्थिक वृद्धि हुनै नसक्ने धारणा सार्वजनिक भएको थियो । नेपालमा पहिलो पटक संघीय बजेट निर्माण भएकोले त्यसलाई निर्माण गर्न केही कठिनाई भएको अर्थमन्त्री डा. खतिवडाले बताए। अघिल्लो बजेटहरुलाई तुलना गर्न नमिलेको नितान्त नयाँ बजेट निर्माण गर्नु पर्दा आफुले केही कठिनाइ भोगेको उनको भनाई छ ।

उनले अघिल्लो बजेटसँग तुलना गरेर विश्लेषण नगर्न समेत आग्रह गरे । ‘हामिले यो भन्दा पहिलोको बजेट तथा त्यहाँ उल्लेख भएका कार्यक्रम हेरेर बजेट निर्माण गर्न पाएनौं । त्यसकारणले पनि यो बजेट आफैमा महत्वाकांक्षी भएको हो’ उनले भने । संघीयता कार्यान्वयनमा हामी लागि रहेका छौं भन्दै अर्थमन्त्री खतिवडाले संघीय संरचनामा बजेट निर्माण गर्दै चालू आयोजनाहरुलाई प्राथमिकतामा राखेको बताए ।

बजेटमा आफुले पहिलो प्राथमिकता रोजगारीलाई नै राखेको उनले बताए। जसरी हुन्छ आगामी पाँच वर्षमा नेपालको बेरोजगारी समस्या हटाएरै छाड्ने उनको दाबी छ । सबै मान्छेले कुनै न कुनै पेसामा आवद्ध भएर काम गरे मात्र देशले समृद्धि पाउने भन्दै उनले बजेटले रोजगारी र विकासका कामलाई विशेष प्राथमिकता दिएको बताए ।

उनले ८ प्रतिशतको लक्ष भेट्टाउन कृषि, उर्जा, उद्योग र पर्यटन क्षेत्रको ठूलो सहयोग रहने पनि बताए । आगामी आवमा माथिल्लो तामाकोशी निर्माण सम्पन्न भई कार्यन्वयनमा आउने, कृषिले निर्यात गर्न थाल्ने तथा पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने भन्दै आर्थिक वृद्धि उच्च रहने उनले दाबी गरे ।

सामाजिक सुरक्षा भत्ता नबढेको गुनासोमा उनले वृद्ध भत्तालाई बढेको नै मान्न आग्रह गरे । उनले वृद्ध भत्ता मासिक पाँच सय रुपैंयाँका दरले वृद्धि गरेको दावी गरे । भत्ता नै बढाउनु भन्दा पनि आफुले स्वास्थ्य बीमाको व्यवस्था गरेकोले त्यसलाई नै वृद्धिको आधार मान्न आग्रह गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...