विवाहित र अविवाहितलाई कर नै फरक ! यस्तो छ कारण

Incom tax

काठमाडौं । तपाई विवाहित हो की अविवाहित ? अहिले सरकारले विवाहित र अविवाहितका लागि फरकफरक कर तिर्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार दुबै संसदमा पेश गरेको बजेटमा ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ मा आयकर सम्बन्धी प्रावधान हेरफेर गरेका छन् ।

अर्थमन्त्री खतिवडाले पेश गरेको आयकरसम्बन्धी ऐन हेरफेर गर्दा विवाहित र अविवाहितलाई केही फरक प्रावधान राखेका छन् । उनले अविवाहित हुँदा वार्षिक ३ लाख ५० हजारसम्म र विवाहित हुँदा वार्षिक ४ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत कर लाग्ने प्रावधान लागूू गरेका छन् ।

संशोधित प्रावधानअनुसार विवाहितले ४ लाख रुपैयाँसम्म आम्दानीको १ प्रतिशत आय कर तिर्नुपर्छ भने अविवाहितले तीन लाख ५० हजार रुपैयाँसम्म कमाउँदा १ प्रतिशत आयकर तिर्नुपर्छ । सरकारको बुझाईमा अविवाहितले भन्दा विवाहितले धेै आम्दानी गर्ने भएकाले पनि अहिलेको कर निती परिवर्तन गरेको हो । यसबाट थप आयकर उठ्ने अर्थमन्त्री डा. खतिवडाको विश्वास छ ।

यस्तो छ नयाँ प्रावधान
अविवाहितको हकमा
–तीन लाख ५० हजार रुपैयाँसम्म कमाउनेलाई १ प्रतिशत
–तीन लाख ५० हजारभन्दा बढी तर चार लाख ५० हजार रुपैयाँसम्म करयोग्य आय भएमा तीन लाख ५० हजारसम्मको ३ हजार ५ सय तथा त्यसभन्दा बढीको १० प्रतिशत
–४ लाख ५० हजार भन्दा धेरै कमाउनेले ४ लाख ५० हजार रुपैयाँसम्म १३ हजार ५ सय रुपैयाँ र त्यसभन्दा माथिको रकममा २० प्रतिशत
–६ लाख ५० हजार भन्दा धेरै तर २० लाख रुपैयाँसम्म आम्दानी गर्नेको हकमा ६ लाख ५० हजार रुपैयाँसम्म ५३ हजार ५ सय तथा त्यसभन्दा माथिको आम्दानीमा ३० प्रतिशत
–२० लाख रुपैयाँभन्दा धेरै कमाउनेको हकमा २० लाख रुपैयाँभन्दा धेरै आम्दानीको थप २० प्रतिशत अर्थात् ५० प्रतिशत

विवाहितको हकमा
–४ लाख रुपैयाँसम्म आम्दानीको १ प्रतिशत
–४ लाख ५० हजार रुपैयाँभन्दा बढी तर ५ लाख रुपैयाँसम्मको आय भएकाको हकमा चार लाख रुपैयाँसम्मको ४ हजार तथा ४ लाख रुपैयाँभन्दा माथिमा १० प्रतिशत
–५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेको हकमा ५ लाख रुपैयाँसम्म र ५ लाख रुपैयाँभन्दा बढीको हकमा आयको २० प्रतिशत
–७ लाख रुपैयाँभन्दा बढी २० लाख रुपैयाँसम्म आम्दानी हुनेले सात लाख रुपैयाँसम्मको ५४ हजार तथा त्यसभन्दा माथिको ३० प्रतिशत
–२० लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेको हकमा २० लाख रुपैयाँ भन्दा माथिको आयमा ५० प्रतिशत

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...