प्रदेश ७ मा को धनी, को गरिव मन्त्री ?

मन्त्री शाहसँग सुन मात्रै ५२ तोला, आर्थिक मामिला मन्त्री बोहरा सबैभन्दा धनी

Jhapat bohora

धनगडी । प्रदेश ७ को मुख्यमन्त्रीको कार्यालयले सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

त्यसमा सबैभन्दा गरिव मुख्यमन्त्री त्रिलोचन भट्टलाई देखाइएको छ भने आर्थिक मामिला मन्त्री झपटबहादुर बोहरा सबैभन्दा धनी मन्त्री देखिएका छन् ।

आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहसँग पनि अरु मन्त्रीहरुको भन्दा बढी नै सम्पत्ति छ ।

आर्थिक मामिला मन्त्री बोहराको काठमाडौं, गोदावरी नगरपालिका, टिकापुर र धनगढीमा समेत पत्नी, छोरा र आफ्नो नाममा जग्गा जमिन छ । बोहरासँग ३ थान जीप तथा कार, ४० तोला सुन र सेयर कित्तासमेत रहेको छ ।

जग्गा आफ्नो नाममा नभए पनि समाजिक विकास मन्त्री दीर्घ सोडारी झपट बोहरा पछिको धनी मन्त्रीका रुपमा देखिएका छन् । उनीसँग बैंकमा मौजदात ५ लाख ६० हजार रहेको सोडारीको परिवारसँग कैलालीको गौरीगंगा, धनगढी, र अछाममा समेत गरी ६ वटा घर र तराईमा डेढ विगाहा तथा अछाममा ८ रोपनी जग्गा छ ।

आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहसँग पनि अरु मन्त्रीहरुको भन्दा बढी नै सम्पत्ति रहेको छ । शाहसँग सुन मात्रै ५२ तोला छ भने काठमाडौंमा १ घर तथा बाजुरामा १ घर छ ।

भौतिक योजनामन्त्री पठानसिंह बोहराको डडेल्धुराको परशुराम नगरपालिकामा ३० रोपनी जग्गा र २ घर छन् । उनीसँग ४ तोला सुन छ भने बैंकमा २ लाख ६४ हजार रुपैयाँ मौज्दात छ ।

उद्योग पर्यटन बन तथा वातावरण मन्त्री माया भट्टसँग वैतडी दशरथचन्द–५ मा १ रोपनी जग्गा र १ घर छ । १५ तोला सुन छ भने बैंक मौज्दात ५ लाख छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको श्रीमानको नाममा १ विगाहा ४ कट्ठा जग्गा छ । उनीसँग बैंकमा ५० हजार रुपैया जम्मा छ । मन्त्री चौधरीसँग ७ तोला सुन छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...