यस्तो छ केन्द्रिय सरकारको १३ खर्ब १५ अर्बको बजेट

Yubaraj khatioda bajet

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यो केन्द्रिय बजेट हो । ७ प्रदेश सरकाले पनि आफ्नै तरिकाले बजेट ल्याउने छन् ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रहेको बताए ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख ब्यहोर्दा ४ खर्ब २५ अर्ब २ करोड ८२ लाख बजेट न्यून हुने छ ।

बजेटमा देखिएको न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब २५ अर्ब २ करोड ८२ लाख जुटाइने र राजश्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा अपुग हुने खूद १खर्ब ७२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...