किन बढ्दै बढेन वृद्धभत्ता ?

Dr khatioda bajet

काठमाडौं । २०५१ सालमा बनेको पहिलो कम्युनिष्ट सरकारले बृद्धभक्ता लिन थालेको थियो ।

तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले एक सय रुपैयाँ दिन थालेको थियो । तर शक्तिशाली कम्युनिष्ट सरकार बनेको बेला पनि बृद्धभत्ता बढाइको छैन ।

बरु सरकारले ६५ वर्ष उमेरमै वृद्धभत्ता दिने शेरबहादुर देउवा सरकारले गरेको निर्णय केपी ओली सरकारले खारेज गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा वृद्धभत्तामा केही हेरफेर गरेको छैन । बरु ७० वर्षमाथिका वृद्धवृद्धालाई १ लाख रुपैयाँको बिमा गर्ने योजना ल्याएको छ ।

देउवा सरकारले ६५ वर्षकै उमेरमा वृद्धभत्ता दिने निर्णय गरेका पनि केपी ओली नेतृत्वको सरकारले पुरानै उमेर कायम गरेको छ । यसअघि सरकारले दलित, लोपुन्मुख जाति र सीमान्तकृत वर्गलाई ६० वर्ष र अन्यलाई ७० वर्ष पुगेपछि वृद्धभत्ता दिँदै आएको थियो ।

आफ्ना आमाबुबालाई अनिवार्य रुपमा हेरचाह गर्नुपर्ने कानुन ल्याउने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...