हवाइ क्षेत्रमा १९ अर्ब, सिञ्चाइ योजनाका लागि १० अर्ब, उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड र ग्रामीण विद्युतीकरणका लागि ५ अर्ब विनियोजन

Dr khatioda 15

काठमाडौं । सरकारले हवाइ क्षेत्रमा १९ अर्ब बजेट विनियोजन गरेको छ । भेरी बबइ रानी जमरा लगायतका सिञ्चाइ योजनाका लागि १० अर्ब विनियोजन गरिएको छ ।

सरकारले जनताको तटबन्धका लागि २ अर्ब विनियोजन गरेको छ । १ हप्ताअघि नै जलवायुको पूर्वानुमान गर्न सकिने व्यवस्था गर्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै १०० वटा पर्यटकीय गन्तव्य पहिचान गरी प्रवर्द्धन गरिने उद्घोष गरेका छन् । स्तरीय होटल तथा पर्यटन पूर्वाधार विकासमा सहज बनाइने, हिमाल आरोही र पर्यटकको आकस्मिक उद्दार प्रभावकारी बनाइने, सबै स्थानीय तहमा हेलिप्याड निर्माण सरकारी योजनामा परेको छ ।

त्यसैगरी ३ वर्षमा रानीपोखरी र धरहरा निर्माण गरिसक्ने योजना ल्याइएको छ । आगामी वर्षलाई राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गरिने भएको छ । सार्वजनिक स्थलहरुमा स्मार्ट शौचालय बनाइने छ । गामी वर्षलाई राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गरिने भएको छ ।

बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाइने भएको छ । राष्ट्रसेवक र विदेशमा रहेका नेपालीको लगानीमा विजुली आयोजना बनाइने भएको छ । ०७५/८५ उर्जा दशक मनाइने भएको छ ।

सर्वसाधारणको लगानीमा ३ हजार मेगावाटको आकर्षक योजना सुरु गरिने भएको छ भने विद्युत नियमन आयोग गठन गरिने भएको छ । ग्रामीण विद्युतीकरणका लागि ५ अर्ब विनियोजन भएको छ ।

तराईमा २५ हजार घरमा गोवरग्यास प्लान्टमा अनुदान दिइने भएको छ । सरकारले उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड विनियोजन गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...