प्रदेश ७ का मुख्य मन्त्री भुमिहीन ! पत्याउनु हुन्छ ?

Trilochan bhatta

धनगडी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट भुमिहीन छन् भनेर कसले पत्याउला र ? तर भट्टको सम्पत्ति विवरण हेर्दा उनी भुमिहीन छन् ।

मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विबरणअनुसार मुख्यमन्त्री भट्टको नाममा एक आना पनि जग्गा छैन । यसलाई हेर्दा उनी सुकुम्बासी नै हुन् । तर उनका अन्य परिवारको नाममा भने टन्नै जग्गा जमिन छ ।

केआईसिंह नगरपालिका– ६ मा उनको भव्य घर छ । झण्डै १८ रोपनी जग्गा पनि छ । तर, त्यो जग्गा उनका दाजु शालिग्राम भट्टको नाममा छ । अढाइ रोपनी जग्गा श्रीमती दुर्गादेवी भट्टको नाममा छ ।

के छ त सम्पत्ति ?
मुख्यमन्त्री भट्ट के साच्चै गरिव छन् त ? यो कुरा कसैले पत्याउँदैनन् । र पत्याउने कुरा पनि भएन । अर्थात् उनी गरिव पनि पटक्कै होइनन् ।

उनको सम्पत्ति विवरणलाई पत्याउने हो भने उनीसँग सम्पत्तिको नाममा बैंकमा ७० हजार रुपैया मात्र छ । त्यसमा पनि एक लाख ४० हजार वित्तीय ऋण र २ लाख व्यक्तिगत ऋणमा रहेको उल्लेख गरेका छन् । तर, उनी मुख्यमन्त्री बनेकै पनि १ सय दिन हुन लागिसकेको छ । यो अवधीमा सरकारी तलव चाँही खोई त ?

धेरैको आँकलन छ, मुख्यमन्त्री भट्टले सबै सम्पत्ति लुकाएर आफु गरिव भएको बहाना गरिरहेका छन् । हाल उनीसँग सम्पत्तिको नाममा मोबाइल १ थान, १ तोला सुन र १५ तोला चाँदी मात्रै छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...