गणतन्त्रमा टेलिकमको उपहार : ५ रुपैयामै टेलिकमको मिस्ड कल सेवा

Ntc 14

काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालनमा ल्याउने भएको छ ।

टेलिकमले गणतन्त्र दिवसको अवसरमा मंगलबारदेखि पुनः सञ्चालनमा ल्याउन लागेको हो । जीएसएम पोष्ट पेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ ।

यो सेवा शुभारम्भ भएपछि सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ ।

नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्ताहरुलाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसपछि भने मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्ने छ । सेवा शुभारम्भ गर्न उपभोक्ताले sub mca लेखेर १४०० मा एसएमएस गर्ने वा *1400# डायल गर्नुपर्ने हुन्छ ।

त्यसैगरी टेलिकमले गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ ।

जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्नेछन् ।

त्यसैगरी १२ रुपैयाँमा कम्पनीको नेटवर्कभित्र १ सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । सो प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...