१६ खर्बको बजेट आउँदै, केन्द्रलाई ७५ प्रतिशत

Budject

काठमाडौ‌ं । यसवर्ष सरकारले १६ खर्ब रुपैयाँको बजेट निर्माण गर्दैछ । कुल बजेटको ७५ प्रतिशत संघ तथा प्रदेश र स्थानीय तहलाई गरी २५ प्रतिशत बजेट छुट्याउने तयारी गरिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

संघलाई १२ खर्ब र तल्ला दुई सरकारलाई ४ खर्बको बजेट सीमा तोकेको एक उच्च सरकारी अधिकारीले बताए ।

चालु आर्थिक वर्ष सकिन डेढ महिना मात्र रहँदा सरकारले अहिलेसम्म केवल ६१.२६ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । यस वर्ष सरकारले कूल १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

त्यसमा पनि स्रोतको अभाव हुने देखिएपछि मध्यावधिक समिक्षामार्फत अर्थ मन्त्रालयले बजेटको आकार घटाएर १० खर्ब ८२ अर्ब ९९ करोडमा सिमित गरेको थियो ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बिहीबारसम्म सरकारले केवल ७ खर्ब ८३ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेको छ । यस खर्चमा स्थानीय तहलाई वित्तीय समानिकरण तथा सशर्त अनुदान वापत हस्तान्तरण गरेको रकम र प्रदेशको सञ्चालन खर्चका लागि छुट्याइएको रकम पनि जोडिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...