विदेशमा काम गर्न जानेमध्ये १.५ प्रतिशत मात्रै दक्ष

Yubaraj 13mbkgv

काठमाडौं । नेपालबाट विदेश काम गर्न जाने युवाहरुमध्ये १.५ प्रतिशत मात्रै दक्ष रहेका सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ । अर्थमन्त्री युवराज खतिवडाद्धारा संसदमा प्रस्तुत सर्वेक्षणले हाल ४३ लाख यूवाहरु विदेशमा काम गरिरहेको देखाएको छ ।

हाल करिव १ हजार युवाहरु दैनिक रोगारीको लागि विदेश गैरहेको पाइएको हो । विदेशमा काम गर्ने मध्ये १.५ प्रतिशत यूवाहरु मात्रै दक्ष रहेको छ । अर्धदक्ष कामदारको रुपमा ४२ प्रतिशत ,अदक्ष कामदार ७४।५ प्रतिशत रहेको सर्वेक्षणले बताएको हो ।

नेपालबाट संस्थागत रुपमा काम गर्नको लागी सरकारले ११० वटा मुलक खुल्ला गरेको छ भने व्यक्रिगत पहलबाट भने १६७ वटा देशमा जान सक्ने व्यवस्था सरकारले मिलाएको छ ।

हरेक वर्ष ५ लाख नेपालीले रोजगारी पाउने गरेको आर्थिक सर्वेक्षणले देखाएको छ । पछिल्लो सर्वेक्ष्ण अनुसार नेपालको बेरोजगारी दर २.३ प्रतिशत र अर्थ बेरोजगारी दर ३५.८ प्रतिशत रहेको देखिएको हो ।
आर्थिक सर्वेक्षण अनुसार श्रमबजारमा ५ लाख यूवाहरु थपिने गरेको देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...