कर्मचारीलाई विदेश भ्रमणमा थप कडाइ

Bhramad

काठमाडौं । सरकारले अनावश्यक तालिम, अध्ययन र अवलोकनका नाममा विदेश भ्रमणमा नजान दिएको निर्देशन कर्मचारीहरुले अवज्ञा गरेपछि सरकारले त्यसमा थप कडाइ गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही साताअघि ‘कर्मचारीको वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५’ ल्याएको थियो । सरकारले फेरि ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५’ मार्फत कर्मचारीको विदेश भ्रमणमा थप कडाइ गरेको हो।

‘सरकारको स्रोतबाट वैदेशिक अवलोकन तथा अध्ययन भ्रमण तथा वैदेशिक ऋणको रकमबाट तालिम, अवलोकन तथा अध्ययन भ्रमण निरुत्साहित गर्ने,’ केही दिनअघि मन्त्रिपरिषद्बाट स्वीकृत ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५’ मा लेखिएको छ।

अनावश्यक तालिम, अध्ययन र अवलोकनका नाममा विदेश भ्रमणमा नजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको निर्देशन अवज्ञा गर्दै कर्मचारीहरु विदेश जाने क्रम नरोकिएपछि सरकारले त्यसमा थप कडाइ गरेको हो।

मार्गदर्शनलाई गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो। यसअघि सरकारी पदाधिकारीको वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, मितव्ययी, पारदर्शी र व्यवस्थित बनाउन भन्दै सरकारले गत वैशाख १० गते ‘कर्मचारीको वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५’ ल्याएको थियो।

निर्देशिका ल्याएको १६ दिन नबित्दै सरकारले नीतिगत मार्गदर्शन ल्याई कर्मचारीको अनावश्यक विदेश भ्रमणलाई थप कडाइ गर्न खोजेको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...