मन्त्रीसँग अर्बौंको सम्पत्ति, दाइजोको सुन मात्रै २५ तोला

Mahaseth

काठमाडौ‌ । सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । धेरैजसो मन्त्रीहरु ‘गरीब’ देखिएका छन् । तर मन्त्री पत्नीहरु भने नपत्याउँदा धनी रहेछन् ।

प्रधानमन्त्रीसहित मन्त्रीको सम्पत्ति न्युन छ । मन्त्रीका पत्नीहरुका नाममा टन्नै सम्पत्ति छ । उनीहरुले भरेको बिबरण अनुसार पत्नीको नाममा रहेको सम्पत्तिमा मन्त्रीहरुको खासै योगदान पनि रहेनछ ।

विवरणअनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ देखिएका छन् ।

महासेठको श्रीमती जुली कुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिका वडा ९ मा ४२०० वर्गफिटको साढे दुई तले घर छ । त्यस्तै श्रीमतीकै नाममा ललितपुर महानगरपालिकामा ५८०० वर्गफिटमा साढे दुई तल्लाको घर छ ।

त्यस्तै श्रीमती जुलीकै नाममा धनुषामा ८ विघा र ५ कठ्ठा, सिन्धुली कमलामाइमा ५ कठ्ठा, ललितपुर महानगरपालिकामा २ रोपनी १३ आना, १ रोपनी ७ आनाको कित्ता रहेको छ । त्यस्तै महासेठको नाममा भने १ विघा १५ कठ्ठा जग्गा रहेको देखिन्छ ।

त्यस्तै महासेठले ७२ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेका छन् । महासेठसँग ५२ तोला सुन देखिन्छ । जसमा २७ तोला पैतृक र २५ तोला दाइजोको रुपमा रहेको विवरणमा उल्लेख छ । चाँदी भने डेढ किलो छ ।

महासेठसँग ४० करोड रुपैयाँ बराबरको सेयरसमेत छ । उक्त सेयर विभिन्न कम्पनी र बैंकमा रहेको विवरणमा उल्लेख छ । त्यस्तै सगोलको जग्गा भने १४७ विघाभन्दा बढी रहेको देखिन्छ । महासेठले भने श्रीमती र आफ्नो नाम गरी २३ करोड ऋण देखाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...