झापादेखि डडेल्धुरासम्म चुरे पर्वतमा बन्नेछ मदन भण्डारी लोकमार्ग

Lokmarg

काठमाडौँ । झापाको शान्तिनगर देखि डडेल्धुराको रुपालसम्म चुरे पहाड तथा भित्री मधेशबाट चौथो पूर्व पश्चिम लोकमार्ग बन्ने भएको छ । सरकारले स्व. नेता मदन भण्डारीका नाममा चौथो पूर्व–पश्चिम लोकमार्ग निर्माण गर्ने महत्त्वाकांक्षी कार्यक्रम अघि सारेको हो ।

पूर्व–पश्चिम महेन्द्र लोकमार्ग, हुलाकी लोकमार्ग र मध्यपहाडी लोकमार्गपछि सरकारले चौथो योजना अघि बढाउन लागेको हो । सरकारको नीति तथा कार्यक्रममा यो योजना समेटिएको छ । 

१ हजार २ सय किलोमिटर लामो यो मार्ग झापाको शान्तिनगरदेखि चतरा, गाईघाट, कटारी, सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, तम्घास, सिमलटारी, प्यूठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बट्टचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुढा हुँदै रूपालसम्म निर्माण हुनेछ । यो लोकमार्गले चुरे र भित्री मधेसमा पर्ने १४ जिल्ला झापा, सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुर, नवलपरासी, पाल्पा, गुल्मी, प्यूठान, दाङ, सुर्खेत, डोटी, कैलाली र डडेलधुरालाई जोड्ने छ ।

निर्माण सम्पन्न भइसकेको १ हजार २७ किमि लामो पूर्व–पश्चिम महेन्द्र लोकमार्ग २५ वर्षदेखि सञ्चालनमा छ ।

झापादेखि कञ्चनपुरको चाँदनी–दोधारा जोड्ने दोस्रो पूर्व–पश्चिम हुलाकी लोकमार्ग निर्माण धीमा गतिमा भइरहेको छ । झापादेखि कञ्चनपुरसम्म तराई–मधेसको दक्षिणी भेग भएर बन्ने १ हजार २७ किमि लम्बाइको यो लोकमार्गको निर्माण कार्य २० प्रतिशत हाराहारी मात्र सकिएको छ । करिब ८० प्रतिशत ठाउँमा ट्रयाक खोल्नै बाँकी छ ।

तेस्रो पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको ट्रयाक खोल्ने कार्य सकिनै लागेको छ । आगामी आर्थिक वर्षभित्रै यो लोकमार्गको ट्रयाक पूर्ण रूपमा खुली यातायात सञ्चालनमा आउने दाबी भौतिक पूर्वाधार मन्त्रालयको छ ।

पूर्वमा पाँचथरको चियोभन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्गको लम्बाइ १ हजार ७ सय ७६ किमि छ । ट्रयाक खुलेपछि सडकको रेखांकन सोझ्याएर १ हजार ३ सय किमिमा छोट्टयाउने योजना मन्त्रालयको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...